युभेन्टसलाई हराउँदै आर्सनल क्वार्टरफाइनलमा, हर्टिगको गोल निर्णायक
शुक्रबार, ०७ मङ्सिर २०८१, ०४ : ०९
एजेन्सी । इटालीको युभेन्टसलाई हराउँदै इंग्लिश क्लब आर्सनल युईएफए महिला च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । समूह चरणका दुई खेल बाँकी हुँदा एक खेल हारेको आर्सनल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
आर्सनललाई जिताउन खेलको दोस्रो आधी (हाफ)पछि ८९ औं मिनेटमा लिना हर्टिगले गरेको गोल नै हारजितका लागि निर्णायक बन्यो । समूह सी’ अन्तर्गत अहिलेसम्म अपराजित रहेको वायर्नम्युनिख शीर्ष स्थानमा छ ।
वायर्नको आर्सनलसँग जम्मा १ अंकको अन्तर भएपनि गोलअन्तरको दुरी भने अलिक बढी नै छ । यो समूहमा युभेन्टस भने खराब प्रदर्शनबाट गुज्रिरहेको छ । तीन खेल हारेको युभेन्टस खराब प्रदर्शनले तेस्रो स्थानमा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु