च्याम्पियन्स लिग यात्रा बलियो पार्दै मोनाको
एजेन्सी । युरोपियन शीर्ष लिगमध्येको एक फ्रेन्च लिग वानमा एएस मोनाकोले संघर्षपूर्ण जित निकाल्दै आफ्नो च्याम्पियन्स लिग यात्रालाई बलियो बनाएको छ । घरेलु मैदानमा मोनाकोले ब्रेष्टविरुद्ध ३-२ को संघर्षपूर्ण जित निकालेको हो । मोनाकोलाई जिताउन माघनेस एक्लैले दुई गोल गरे भने गोलोविनले एक गोल गरेका थिए । पाहुना टोली ब्रेष्ट दोस्रो आधी (हाफपछि) १० जनामा समेटिएर दबाबमा आए पनि थप एक गोल फर्काएको थियो ।
उसका लागि अतिरिक्त समयमा अजोर्क लुडोभिकले गोल गरेका हुन् । त्यसअघि ५०औं निमेटमा सिमा अब्दुल्लाले गोल गर्दै टोलीलाई लयमा पर्काएका थिए । यो जितसँगै मोनाकोले च्याम्पियन्स लिग यात्रालाई थप बलियो बनाएको छ । १२ खेलबाट २६ अंक जोडेको मोनाको अंक तालिकाको दोस्रो स्थानमा छ । शीर्षस्थानको पेरिस सेन्ट जर्मेनको समान खेलबाट ३२ अंक छ । हार व्यहोरेको ब्रेष्ट भने रेलिगेशन प्लेअफको डालोमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता
-
ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
-
केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
-
ला लिगामा एटलेटिकोलाई फेरि धक्का
-
लिभरपुल र आर्सनललाई थप अग्रता, नटिङघमको पोष्टमा बर्नमथको गोल वर्षा
-
अखिल क्रान्तिकारी नतिजा : सुदूरपश्चिममा विजय प्रकाशलाई अग्रता