आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात
फिक्कल । १७ औँ संस्करणको आत्मानन्द गोल्डकप आजदेखि सुरु भएको छ । जिल्लाको माङसेबुङ गाउँपालिकास्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा भएको गोल्डकपको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिकालाई ‘टाइब्रेकर’मा ४–३ गोल अन्तरमा रोक्दै मोरङको सिरिजङ्घा स्पोर्टिङ क्लब विजयी भएको छ ।
निर्धारित समयमा दुवै टोलीबाट गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलमा विजेता सिरिजङ्घाका गोलरक्षक प्रमिस गच्छादार ‘म्यान अफ दी म्याच’ घोषित हुँदै नगद रु पाँच हजार प्राप्त गरे ।
सोमबार आयोजक आत्मा–पवित्र खेलकुद विकास समिति र झापाको भाङबारी स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुने आयोजक समितिकी सचिव सरिता राईले जानकारी दिइन् । गोल्डकमा नेपालको इलाम, झापा, पाँचथर र मोरङ तथा भारतको एक गरी आठ टोलीको सहभागिता छ । विजेताले नगद रु तीन लाख ११ हजार एक सय ७१ र उपविजेताले नगद रु दुई लाख पाँच हजार एक सय ७१ प्राप्त गर्नेछन् ।
स्थानीय किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ९१ औं जन्मोत्सवको अवसरमा आयोजित गोल्डकपको फाइनल मङ्सिर १७ गते हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु