अपराध
दुर्गा प्रसाईँ हिरासत फिर्ता
मङ्गलबार, ११ मङ्सिर २०८१, ०६ : १०

काठमाडौँ । उपचार गराउन वीर अस्पतालमा भर्ना गरिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हिरासतमा फिर्ता ल्याइएको छ । अदालतको आदेश अनुसार प्रहरीले उनलाई आइतबार साँझ वीर अस्पतालमा भर्ना गरेको थियो । उपचारपछि उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा फिर्ता गरिएको केन्द्रीय साइबर ब्युरोका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएकी थिइन् । प्रसाईँ क्यान्सरको बिरामी हुन् ।
अदालतले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । साइबर ब्युरोले उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको कसुरमा उनी पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै
-
कीर्तिमानहरूको ओइरो लागेको र अस्ट्रेलियाले पहिलोपटक उपाधि कुम्ल्याएको पाँचौँ संस्करण
-
नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति
-
भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन
-
ट्रम्प र पुटिनको ‘युक्रेन शान्ति योजना’ले युरोप स्तब्ध
-
भारत : सीआरपीएफ जवानले आफ्नै सहकर्मीमाथि गोली चलाउँदा २ जनाको मृत्यु, पछि आत्महत्या