प्राधिकरणमा छानबिन गर्न सरकारले बनाएको समितिका संयोजकबाट काम गर्न अस्वीकार
मङ्गलबार, ११ मङ्सिर २०८१, १५ : २९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण भित्रको भ्रष्टाचार छानबिन गर्न गएको बिहीबार सरकारले जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो । जसको संयोजक उच्च अदालतका पूर्वन्यायाधीश हरिकुमार पोखरेल तोकिएका थिए । तर उनले समितिमा बस्न अस्वीकार गरेका छन् ।
पोखरेल संयोजक रहने गरी तीन सदस्यीय समिति बनाउने सरकारको तयारी थियो । तर समितिले पूर्णता नपाउँदै संयोजकले पदमा बस्न अस्वीकार गरेका छन् । भ्रष्टाचारसम्बन्धी छानबिन गर्ने कानुनी निकाय अख्तियारलाई छलेर बनाएको समितिको औचित्य नभएको भन्दै उनले पदमा बस्न अस्वीकार गरेको पोखरेल निकट स्रोतले बताएको छ ।
सरकारले अर्को समिति बनाएर टीओडी मिटर जाँच गरिरहेको छ । अरबिन्दकुमार मिश्रको संयोजकत्वमा रहेको समितिले टाइम्स अफ डे (टीओडी) मिटर अनुसार प्राधिकरणको बिल जाँच गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमतीको सभापतिमा उम्मेदवारी दिने थपिए २ जना, ५ जनाबिच भिडन्त हुने
-
पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण