रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा 'अन्य आदेश'

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूविरूद्ध दायर अदालतको अवहेलनासम्बन्धी रिट निवेदनमा सर्वोच्चले 'अन्य आदेश' दिएको छ।
अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको अदालतको अवहेलना निवेदनमाथि मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले फाइल र अन्य विवरण मगाउने आदेश दिएको हो ।
यो आदेशसँगै अब अवहेलना मुद्दा अघि बढेको छ। उक्त मुद्दा सुरुमा सर्वोच्च प्रशासनले उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । पछि इजलासमा निवेदन पुगेपछि दर्ता गर्ने आदेश भएको थियो । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलका अनुसार इजलासले अन्य आदेश गरेको र के विषयमा भन्ने चाहिँ लिखित आदेशपछि मात्र थाहा हुने बताए ।
न्यायाधीश विनोद शर्माको इजलासले गत कात्तिक २७ गते रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा अनुसन्धान प्रक्रिया भइरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरी अदालतको अवहेलना गरेको भन्दै सोसम्बन्धी निवेदन दर्ता गर्न आदेश गरेको थियो ।
त्यसअघि सहरजिस्ट्रार अच्युत कुइँकेलले रिट दरपिठ ९दर्ता गर्न अस्वीकार० गरेपछि भट्टराईले त्यसविरुद्ध कात्तिक २१ गतेको इजलासमा निवेदन पेस गरेका थिए । सो निवेदनमाथि इजलासले दरपिठ बदर गरी अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गर्न आदेश गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’
-
जारी सिजनमा आर्सनललाई धक्का, स्ट्राइकर ह्याभर्ट्जको शल्यक्रिया हुने
-
नागरिक उड्डयन प्राधिकरणले माग्यो करारमा कर्मचारी
-
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला आजको मौसम ?
-
युरोपा लिग : एफसी पोर्टो र एएस रोमाबीचको पहिलो लेग बराबरी
-
८ वर्षमा पनि पूरा भएन २१ किलोमिटर सडक विस्तार योजना