लेवान्डोस्की चम्किएपछि बार्सिलोनाले उठायो घरेलु मैदानको फाइदा
बुधबार, १२ मङ्सिर २०८१, ०४ : ०२
काठमाडौं । रोबर्ट लेवान्डोस्कीको दुई गोल सहायतामा बार्सिलोनाले च्याम्पियन्स लिगमा सहज जित निकालेको छ । लिग चरणको खेलमा बार्सिलोनाले घरेलु मैदानको फाइदा उठाउँदै फ्रान्सको ब्रेष्टविरुद्ध ३-० को सहज जित निकालेको हो ।
लेवान्डोस्कीले खेल सुरु भएको १० मिनेट मै पेनाल्टी गोल गर्दै उत्साह थपेका थिए । दोस्रो आधी (हाफ)पछि डेनी ओल्मोले गोल गर्दै थप अग्रता दिलाएका अतिरिक्त समयमा फेरि लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै ३-० को जित सुनिश्चित गरे ।
योसँगै बार्सिलोना लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल गुमाएको बार्सिलोनाको १२ अंक हुँदा अपराजित शीर्ष स्थानको इन्टरको १३ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु