च्याम्पियन्स लिग : इन्टरको शीर्षता कायमै, बार्सिलोनाले उछिन्न सक्ने
बुधबार, १२ मङ्सिर २०८१, ०५ : ०९
काठमाडौं । च्याम्पियन्स लिगमा इन्टर मिलानले सहज जित निकाल्दै शीर्षता कायमै राखेको छ । मंगलबार राती घरेलु मैदानमा आरबी लेपजिगविरुद्ध १-० को जित निकाल्दै इटालीको इन्टरले अंक तालिकाको शीर्षता कायमै राखेको हो ।
इन्टरलाई जिताउन लुकेबाले गरेको गोल नै निर्णायक बन्यो । लिग चरणका खेल चलिरहँदा इन्टर अहिलेसम्म अपराजित छ । उसको पाँच खेलबाट १३ अंक भएको छ । दोस्रो स्थानको बार्सिलोनाको समान खेलबाट १२ अंक छ । गोलअन्तरका आधारमा बार्सिलोनाले इन्टरले उछिन्ने भने पक्का छ ।
यस्तै, मंगलबार राती एसी मिलानले स्लोभान ब्राटिस्लाभा ३-२ ले पराजित गर्दा बायर लिभरकुजेनले आरबी स्लाजवर्गलाई ५-० को फराकिलो अन्तरले हरायो । बार्यन म्युनिखले पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई १-० ले हराउँदा एटलान्टाले योङ व्वाइजविरुद्ध ६-१ को फराकिलो जित निकाल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु