विजय बरालले सुरु गरे ‘लाज शरणम’को सुटिङ
काठमाडौँ । ‘पूर्ण बहादुरको सारंगी’ अभिनेता विजय बरालले ‘लाज शरणम’को सुटिङको दोस्रो सेड्यूल सुरु गरेका छन् । काठमाडौँको माइतीघरस्थित खाद्य गोदामबाट सुरु भएको दोस्रो चरणको सुटिङमा बरालले ज्वाइन गरेका हुन् ।
दसैँअघि फिल्मको डोल्पामा सुटिङ भएको थियो । फिल्मको अहिलेसम्म ९५ प्रतिशत छायाङ्कन सकिएको छ । फिल्मको छायाङ्कन केही दिनमै सकिने निर्माण युनिटले जनाएको छ ।
आगामी १४ फागुन महाशिवरात्रि प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राराई (गल्फने बाजे), रामभजन कामत, कमलमणी नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय छ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा सुदीप बरालको छायाङ्कन छ । फिल्मका निर्माता नवीन श्रेष्ठ र सह–निर्माता राम नरेश शाह हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ गायक–गायिकाले गाए स्वर्गीय तारादेवीका गीत
-
कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा गर्ने निर्णय पुनरावलोकन हुने
-
प्राचीन सम्पदाहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी आर्थिक समृद्धिमा जोड्नुपर्छ : मुख्यमन्त्री लामा
-
सुमेरु सहकारीको ३ कार्यालयमा सिल
-
गाडी आयात ६२ प्रतिशतले वृद्धि, कारण के ?
-
सुदूरपश्चिम प्रदेशसभा : प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक पारित