युक्रेन संङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भव : रूसी विदेशमन्त्री सर्गेइ
मस्को । युद्धको स्थिति बढ्दै गएको उल्लेख गर्दै रूसी विदेश मन्त्री सर्गेई लावरोभले युक्रेन सङ्कटको कूटनीतिक समाधान तत्काल सम्भव नहुने बताएका छन् । लावरोभले रुसको आधिकारिक अखबार रोसिस्काया गजेटासँगको अन्तर्वार्तामा भने- “युद्धको मैदानमा हेर्दा, हामी अझै पनि संकटको राजनीतिक र कूटनीतिक समाधानबाट टाढा छौँ । वासिङ्टन र यसका सहयोगीहरू रुसका लागि रणनीतिक पराजय हासिल गर्न दृढ छन् । ”
रूसी भूभागमा भएका पछिल्ला क्षेप्यास्त्र आक्रमणलाई “बढ्दो कदम“ का रूपमा वर्णन गर्दै उनले त्यस्ता कार्यहरूको प्रतिक्रिया दिने मस्कोको चेतावनीलाई बेवास्ता गरिएको बताएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले “शत्रु पक्षको कुनै क्रियाकलापले रूसलाई लक्ष्यहरू प्राप्त गर्नबाट पछि हट्न बाध्य नपार्ने बताउदै आफु सधैँ शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्ने पक्षमा रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौसम हालचाल : कुनै विशेष प्रणाली सक्रीय नरहेपनि वर्षाको सम्भावना
-
आज विवाह पञ्चमी पर्व : श्रीरामचन्द्र र सीताको विवाह उत्सव मनाइँदै
-
विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर, युरो, दिराम र रियाल कसको मूल्य कति ?
-
बलियो बन्दै बर्नमथ, टोटह्यामलाई छैठौं ठक्कर
-
तपाईंको दिन शुभ अशुभ कस्तो छ ? हेरौं आजको राशिफल
-
वर्षा र हावाहुरीबिच भएको खेलमा फुलहमले ब्राइटनलाई हरायो