कीर्तिमानी मूल्यमा बिक्यो माओरी चित्रकला
वेलिङ्गटन । न्यूजिल्यान्डमा एउटा लिलामीमा माओरी जनजातिका एक वृद्धको चित्र कीर्तिमानी मूल्यमा बिकेको छ । यो चित्र न्यूजिल्यान्डको इतिहासकै सबैभन्दा मूल्यवान कृति बनेको छ ।
चर्चित स्थानीय चित्रकार चार्ल्स फ्रेडरिक गोल्डीले कोरेको सो चित्रकला उक्त जातीका एक वृद्ध पुजारी ह्वारेकाउरी ताहुनाको थियो । गोल्डीको मृत्यु हुनु भन्दा ९ वर्ष अगाडि सन् १९४७ मा थट्स अफ तोहुङ्गा कोरिएको थियो ।
यसलाई कला समीक्षकहरूले गोल्डीले बनाएको सबैभन्दा उत्कृष्ट कृति भन्छन् । यसमा अनुहारभरि ट्याटु खोपेका एक पुजारी छन् । एउटा लिलामीमा मंगलबार उक्त चित्र ३७ लाख ५० हजार न्यूजिल्यान्ड डलर (२२ लाख अमेरिकी डलर)मा विक्री भएको लिलामी घरले भनेको छ । चित्र कसले किनेको भन्ने चाहिँ खुलाइएको छैन ।
यो न्यूजिल्यान्डको इतिहासको सबैभन्दा महँगो माओरी चित्रकला बनेको छ । न्यूजिल्यान्डमा जातीय तनाव चर्किरहेकै समयमा यो खबर आएको हो ।
माओरीहरूले आफ्नो अधिकारमा धक्का पुर्याएको भन्दै विरोध गरेपछि हालै त्यहाँको सरकारले एउटा विधेयक फिर्ता गरेको थियो । न्यूजिल्यान्डको कुल जनसंख्यामा माओरी जनजातिको संख्या करीब १८ प्रतिशत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र हावाहुरीबिच भएको खेलमा फुलहमले ब्राइटनलाई हरायो
-
क्यालिफोर्नियामा ७ म्यान्नेच्युडको शक्तिशाली भूकम्प, १० औं हजार मानिस प्रभावित
-
प्रदेशका तीन सडक समस्याग्रत घोषित
-
ऊर्जामन्त्री खड्का हुल बाँधे्र पुगे जमुनी सिँचाइ आयोजना हेर्न
-
१२ बजे, १२ समाचार : वाइडबडी काण्डमा पूर्वमन्त्री शाहीले पाए सफाइदेखि एनपिएलमा भारतीय गिरोहको सट्टेबाजीसम्म
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा डेढ सय बढी अन्तर्राष्ट्रिय उडान