कस्तुप र शान्तिश्रीले ल्याए लोकदोहोरी ‘बिर्से हुन्छ मलाई’
बुधबार, १२ मङ्सिर २०८१, १४ : ४२

काठमाडौँ । गायक, श्रष्टा कस्तुप पन्तको नयाँ लोकदोहोरी गीत ‘बिर्से हुन्छ मलाई’ सार्वजनिक भएको छ । गीत गायनमा कस्तुपलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।
पन्तकै शब्द र सङ्गीत समेत रहेको गीतले प्रेममा धोका खाएका पति–पत्नीको मनोभावलाई प्रस्तुत गरेको छ, जहाँ एक अर्कामा आरोप–प्रत्यारोप गरिरहेका छन् । गीतको भिडियोमा ज्ञानु नेपाली र यशु भट्टराईको अभिनय छ । रेसम दर्लामीको छायाङ्कन, अमृत चापागाईँको सम्पादन रहेको भिडियो सिर्जन बरालले निर्देशन गरेका हुन् ।
पन्तका लोकदोहोरी र सुगम सङ्गीतमा थुप्रै लोकप्रिय गीतहरू बाहिर आइसकेका छन् । उनको पछिल्लो चर्चित गीत ‘बिजुली चमक्क’, ‘मगमग वासना’ हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत : सीआरपीएफ जवानले आफ्नै सहकर्मीमाथि गोली चलाउँदा २ जनाको मृत्यु, पछि आत्महत्या
-
पर्साको पोखरियामा मालपोत र नापी कार्यालय सञ्चालन हुँदै
-
सडक स्तरोन्नति नहुँदा बाँसखर्कका किसान मर्कामा
-
पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’
-
जारी सिजनमा आर्सनललाई धक्का, स्ट्राइकर ह्याभर्ट्जको शल्यक्रिया हुने
-
नागरिक उड्डयन प्राधिकरणले माग्यो करारमा कर्मचारी