कस्तुप र शान्तिश्रीले ल्याए लोकदोहोरी ‘बिर्से हुन्छ मलाई’
बुधबार, १२ मङ्सिर २०८१, १४ : ४२
![कस्तुप र शान्तिश्रीले ल्याए लोकदोहोरी ‘बिर्से हुन्छ मलाई’](https://npcdn.ratopati.com/media/news/capture_MKPH1evOjq.jpg)
काठमाडौँ । गायक, श्रष्टा कस्तुप पन्तको नयाँ लोकदोहोरी गीत ‘बिर्से हुन्छ मलाई’ सार्वजनिक भएको छ । गीत गायनमा कस्तुपलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।
पन्तकै शब्द र सङ्गीत समेत रहेको गीतले प्रेममा धोका खाएका पति–पत्नीको मनोभावलाई प्रस्तुत गरेको छ, जहाँ एक अर्कामा आरोप–प्रत्यारोप गरिरहेका छन् । गीतको भिडियोमा ज्ञानु नेपाली र यशु भट्टराईको अभिनय छ । रेसम दर्लामीको छायाङ्कन, अमृत चापागाईँको सम्पादन रहेको भिडियो सिर्जन बरालले निर्देशन गरेका हुन् ।
पन्तका लोकदोहोरी र सुगम सङ्गीतमा थुप्रै लोकप्रिय गीतहरू बाहिर आइसकेका छन् । उनको पछिल्लो चर्चित गीत ‘बिजुली चमक्क’, ‘मगमग वासना’ हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता
-
ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
-
केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
-
ला लिगामा एटलेटिकोलाई फेरि धक्का
-
लिभरपुल र आर्सनललाई थप अग्रता, नटिङघमको पोष्टमा बर्नमथको गोल वर्षा
-
अखिल क्रान्तिकारी नतिजा : सुदूरपश्चिममा विजय प्रकाशलाई अग्रता