च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
बिहीबार, १३ मङ्सिर २०८१, ०३ : ५६

काठमाडौं । इंग्लिश क्लब लिभरपुल च्याम्पियन्स लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिग चरण अन्तर्गत बुधबार राती भएको पाँचौ खेलमा लिभरपुल स्पेनको रियाल मड्रिडलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानको फाइदा उठाउँदै लिभरपुलले रियालविरुद्ध २–० को सहज जित निकाल्यो । उसलाई जिताउन एलेक्सिस म्याक एलिस्टर र कोडे गाक्पोले एक-एक गोल गरे । तर, मोहम्मद सालाहले हानेको पेनाल्टी भने क्रस हुन सकेन । उता, रियालका केलेयन एम्बाप्पेले प्रहार गरेको पेनाल्टी पनि खेर गएको थियो ।
हालसम्म अपराजित लिभरपुल १५ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानको इन्टर मिलानको १३ अंक छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको १२ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
बढ्दैछ मानिस र वन्यजन्तु बिचको द्वन्द्व
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की
-
सरकारलाई सांसदको प्रश्न– धुलो लागेका भ्रष्टाचारका फाइल कहिले खोल्ने ?
-
प्रहरीको स्कर्टिङमै हेटौंडा हुँदै गोरु तस्करी
-
अर्थमन्त्री डिस्चार्ज, १० तस्बिरमा हेर्नुहोस्