च्याम्पियन्स लिग : अंक दुरीमा बोरुसियाले बार्सिलोनालाई भेट्टायो
बिहीबार, १३ मङ्सिर २०८१, ०४ : १७
काठमाडौं । जर्मनीको बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिगमा उत्कृष्ट पुनरागमन गरेको छ । बुधबार राती डाइनामो जाग्रेबको घरेलु मैदानमा भएको खेलमा बोरुसियाले ३-० को जित निकाल्दै अंक तालिकामा आफुलाई माथि उकालेको हो ।
यो जितसँगै बोरुसियाले अंकदुरीमा बार्सिलोनालाई भेट्टाएको छ । गोल अन्तरका आधारमा मात्रै उ बार्साभन्दा एक स्थान तल छ । बोरुसियालाई जिताउन जेमी गिटेंस, रामी बेन्सेबेनी र सेरहु गुइरासीले एक-एक गोल गरे ।
डाइनामोले भने खेल अवधिभर गोलको मौका नै जुराउन सकेन । यो जितले बोरुसियालाई अंक तालिकाको चौथो स्थानमा ल्याएको छ भने डाइनामो अन्तिम १६ को क्वालिफिकेशन क्षेत्रमा धकेलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु