इटालीको युभेन्टसलाई झट्का
बिहीबार, १३ मङ्सिर २०८१, ०४ : ५०
काठमाडौं । इटालीको युभेन्टस च्याम्पियन्स लिगमा गोलरहित बराबरीमा रोकिएको छ । बुधबार राती भएको खेलमा इंग्ल्याण्डको एस्टन भिल्लासँग युभेन्टसले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।
एस्टनका लागि खेलको इन्जुरी समयमा मोर्गन रोजर्सले एउटा प्रहार गरेकामा भीएआरले उनको प्रहारलाई मान्यता दिएन । यस्तै अर्को खेलमा स्कोटल्याण्डको सेल्टिक र बेल्जियमको क्लब ब्रुगले १-१ को बराबरी खेले ।
नेदरल्याण्डको पीएसभी इन्दोभेनले युक्रेनको सक्तर डोनेत्स्कविरुद्ध ३-२ को संघर्षपूर्ण जित निकाल्यो भने पोचुगलको बेनिफिकाले फ्रान्सको एएस मोनाकोलाई समान ३-२ गोल अन्तरले हरायो ।
अष्ट्रियाको सतुर्म ग्राजले स्पेनको गिरोनाविरुद्ध १-० को जित निकाल्दा सर्वियाको एफके क्रभेनाले जर्मनीको भीएफबी स्टटगार्टलाई ५-१ गोल अन्तरले हरायो । योसँगै लिग चरण अन्तर्गत पाँचौ खेल पूरा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनामा साढे एक करोडभन्दा बढी कण्डम आयात
-
सिरहाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
-
प्रेस सेन्टर मोरङको अध्यक्षमा कर्ण सर्वसम्मत चयन
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा हुने सिन्डिकेट हटाउन सांसदहरूको जोड
-
भन्सार जाँचपास सम्बन्धि प्रक्रिया सहज बनाउन सरकारलाई सुझाव
-
देशको नेतृत्वमा पुगेर केही गर्ने चाहना छ : विप्लव