‘सतीदेवी’सहित तीन फिल्म विशेष घोषित
काठमाडौँ । समाजमा छोरीको महत्वको सन्देश दिने फिल्म ‘सतीदेवी’ सहित दुई आदिवासी जनजाति फिल्म २०८० सालका विशेष फिल्म घोषित भएका छन् । बुधबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’मा राष्ट्रपति रामचन्द्र पौडेलले सबै फिल्मलाई पुरस्कार प्रदान गरे ।
लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ नेपाली भाषातर्फ विशेष फिल्म घोषित हुँदा लिम्बु भाषाको ‘सुगुप’ र गुरुङ भाषाको ‘मार्तली’ आदिवासी जनजाति फिल्म तर्फ विशेष घोषित भएका हुन् ।
विशेष फिल्म घोषित भएसँगै तीनै फिल्मले दुई दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । फिल्मको सबटाइटलिङको लागि नगद पुरस्कार दिइने चलचित्र विकास बोर्डले जनाएको छ ।
‘सतीदेवी’ विशेष चलचित्र भएपछि फिल्मका निर्माता, लेखक समेत निर्देशक सुवेदीले आफुले गरेको मिहिनेत सफल भएको प्रतिक्रिया दिए । ‘फिल्म अब विदेशका विभिन्न ठाउँमा देखाउने छु’, सुवेदीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा पाँचौँ टाइगर कप हुँदै, पुरस्कार राशि बढ्यो
-
हिउँदे अधिवेशनबाट शिक्षा ऐन पारित गराउन कांग्रेस महामन्त्रीलाई ध्यानाकर्षण
-
सुगरका बिरामीका लागि विष हुन् यी पाँच चिज
-
कम्युनिस्ट भनेर मात्र पनि हुँदो रहनेछ : माधव नेपाल
-
‘विच्याट’मार्फत करोडौँ राजस्व ठगी : व्यापार नेपालमा, भुक्तानी चीनमा
-
विवाह बन्धनमा बाँधिँदै प्रभास, को होलिन् बेहुली ?