रुड भान निस्टेलरोय लेस्टर सिटीको प्रशिक्षक बन्ने पक्का
काठमाडौँ । आफ्नो समयका प्रभावशाली स्ट्राइकर रुड भान निस्टेलरोय इङ्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीको प्रमुख प्रशिक्षक बन्ने पक्का भएको छ । ४८ वर्षीय निस्टेलरोयले लेस्टर सिटीमा स्टिभ कुपरको स्थान लिन लागेका हुन् ।
स्टिभ कुपर एक सय ५७ दिन मात्र लेस्टर सिटीको प्रमुख प्रशिक्षकको भूमिकामा रहे । कुपरको प्रशिक्षकत्वमा क्लबले गतिलो प्रदर्शन गर्न नसकेपछि उनलाई पदबाट हटाउने निर्णय भएको हो । कुपर नटिङ्घम फरेष्टबाट लेस्टर सिटी पुगेका थिए ।
इङ्लिस प्रिमियर लिगको पछिल्लो खेलमा चेल्सीले लेस्टर सिटीलाई २–१ गोलले हराएको थियो । त्यो हारपछि नै लेस्टरले निस्टेलरोयलाई नयाँ प्रशिक्षकका रुपमा भित्र्याउने निर्णय लिएको हो । जारी सिजनको प्रिमियर लिगमा हालसम्म १२ खेल खेलेको लेस्टर १० अंकसहित १६ औँ स्थानमा छ ।
नेदरल्यान्ड्सका निस्टेलरोय म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षक थिए । त्यसअघि उनी म्यान युनाइटेडमै सहायक प्रशिक्षकको भूमिकामा पनि थिए । करिब दुई साताअघि उनले म्यान युनाइटेडको अन्तरिम प्रशिक्षकको भूमिकाबाट बिदा लिएका थिए ।
आफ्नो समयका प्रभावशाली स्ट्राइकर निस्टेलरोयले सन् १९९८ देखि सन् २०११ सम्म अन्तर्राष्ट्रिय फुटबल खेलेका थिए । उनले म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, माला गालगायतका क्लबबाट व्यावसायिक फुटबल पनि खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
पहिलो ६ महिनामा गौर भन्सारद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
-
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता
-
ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
-
केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
-
ला लिगामा एटलेटिकोलाई फेरि धक्का