मकवानपुरमा कुटपिटबाट एक पुरुषको मृत्यु
बिहीबार, १३ मङ्सिर २०८१, १३ : ४७
हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मनहरी–६ प्रतापुर लच्का निवासी ३४ वर्षीय अम्मरबहादुर लोप्चनले कुटपिट गर्दा ५० वर्षीय जितबहादुर मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
मजदुरी काम गर्दै दुवै जना खाना खाएर लोप्चनको घरमा सुत्न गएको र सोही क्रममा लोप्चनले सावेलले कुटपिट गरेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । सावेल प्रहारबाट गम्भीर घाइते मोक्तानको उपचारका क्रममा चितवन अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए । मोक्तानमाथि सावेल प्रहार गर्ने लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु