नेपाल आइपुगे कमेडियन सुनिल ग्रोवर
बिहीबार, १३ मङ्सिर २०८१, १६ : २५
_gFVwwGPA7Q.jpg)
काठमाडौँ । भारतीय कमेडियन सुनिल ग्रोवर नेपाल आएका छन्। भोलि शुक्रबार हुने सुनिल ग्रोवर लाइभ इन नेपाल मा प्रस्तुति दिन उनी बिहीबार नेपाल आएका हुन्। कार्यक्रम बानेश्वरको एभरेस्ट होटेलको मैदानमा हुनेछ।
‘सुनिल ग्रोवर लाइभ इन नेपाल’ लिक्वीट इन्टिलिजेन्सले आयोजना गर्न लागेको हो । ग्रोवर कमेडी शो ‘द कपील शर्मा शो’ मार्फत चर्चामा आएका कलाकार हुन् । उनले शोमा ‘रिन्कु भाबी’ र ‘डा. महसुर गुलाटी’को रूपमा दर्शकको मन जितेका थिए ।
ग्रोवर यसअघि वि.सं २०७४ मा पनि नेपाल आएका थिए । एक कार्यक्रमको सिलसिलामा नेपाल आएका उनले पशुपतिनाथ मन्दिरको दर्शन समेत गरेका थिए ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड, १८ जनाको मृत्यु
-
सरकारको पुगेन क्षमता, अझै २२ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी
-
पदमार्ग नहुँदा डोरीमा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता
-
महिलालाई आयआर्जनसँग जोड्न मौरीघार उपहार
-
खानेपानी समस्या, खोलाकै पानी पिउँछन् स्थानीय
-
देशभर पश्चिमी वायुको प्रभाव, यी चार प्रदेशमा हिमपातको सम्भावना