झापामा उत्पादित इँटा पहिलोपटक भारत निर्यात
बिहीबार, १३ मङ्सिर २०८१, २१ : ५५
भद्रपुर । झापामा उत्पादित चाइनिज इँटा पहिलोपटक भारत निर्यात भएको छ । झापा मेचीनगर नगरपालिकाको १५ नम्बर वडामा स्थापित सरिया ग्रीन ब्रिक्स इण्डस्ट्रीजुले पहिलोपटक भारततर्फ इँटा निर्यात गर्न सुरु गरेको हो ।
उद्योगका सञ्चालक कैलाश सरियाका अनुसार, मंगलबार नमुनाका रूपमा ३२ हजार थान इँटा भारत पठाइएको हो । यो नेपालकै ठुलो र अत्याधुनिक प्रविधियुक्त इँटा उद्योग हो । पूर्ण एअर कम्प्रेसर प्रणालीमा आधारित यस उद्योगले स्वचालित मेसिन प्रयोग गरी उच्च गुणस्तरका इँटा उत्पादन गर्न थालेको छ ।
सञ्चालक सरियाले भारतमा नेपाली उत्पादनको माग बढिरहेको बताउँदै आगामी दिनमा निर्यातको परिमाण थप बढाउने लक्ष्य रहेको जानकारी दिए । सरिया ग्रीन ब्रिक्स इण्डस्ट्रीजको यो कदमले नेपाल र भारतबिचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण