रिसाए पुटिन, युक्रेनको केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की
काठमाडौं । रुसी राष्ट्रपति भ्दादिमिर पुटिनले युक्रेनको राजधानी किभको निर्णायक एवं केन्द्र भागमै व्यालेस्टिक क्षेप्यास्त्र प्रहारको धम्की दिएका छन् । कजाकिस्तान यात्राका दौरान पुटिनले यस्तो धम्की दिएका हुन् ।
पुटिनले अभिव्यक्ति दिएको केही घण्टामै रुसले युक्रेनको उर्जा ग्रीडलाई लक्षित गरेर लगातार आक्रमण गरेको छ । जुन आक्रमणबाट १० लाख बढी मानिसहरु विजुलीबाट वञ्चित भएका छन् भने कयौं मानिस मारिएका छन् ।
राष्ट्रपति पुटिनले यसलाई युक्रेनले गरेको आक्रमणको जवाफ भनी टिप्पणी समेत गरेका छन् । युक्रेनले २०२२ फेब्रुअरीको आक्रमणपछि पहिलो पटक गएको हप्ता मात्रै ?सी क्षेत्रमा अटाकम्स र स्टोर्म श्याडो क्षेप्यास्त्र प्रहार गर्दै आक्रमण गरेको थियो ।
युक्रेनी राष्ट्रपति जेलेंस्कीले क्लस्टर हतियारको प्रयोग विशेष गरेर नागरिक र उर्जा प्रणालीलाई लक्षित गर्नका लागि हो भनेका छन् । तर, पुटिनले बेलायत, अमेरिकालगायत आपूर्तिकर्ताले दिएका हतियार प्रयोग गरिरहेको युक्रेनविरुद्ध ९० क्षेप्यास्त्र र १०० ड्रोन लञ्च गरिएका थिए । मध्यपूर्वको तनाव व्यवस्थापनउन्मुख भएका बेला रुस युक्रेन युद्ध झन् उत्कर्षमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौसम हालचाल : कुनै विशेष प्रणाली सक्रीय नरहेपनि वर्षाको सम्भावना
-
आज विवाह पञ्चमी पर्व : श्रीरामचन्द्र र सीताको विवाह उत्सव मनाइँदै
-
विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर, युरो, दिराम र रियाल कसको मूल्य कति ?
-
बलियो बन्दै बर्नमथ, टोटह्यामलाई छैठौं ठक्कर
-
तपाईंको दिन शुभ अशुभ कस्तो छ ? हेरौं आजको राशिफल
-
वर्षा र हावाहुरीबिच भएको खेलमा फुलहमले ब्राइटनलाई हरायो