शनिबार, २२ मङ्सिर २०८१
ताजा लोकप्रिय

एप्पलले पायो अनौठो सेक्युरिटी क्यामराको प्याटेन्ट

शुक्रबार, १४ मङ्सिर २०८१, ०८ : ५६
शुक्रबार, १४ मङ्सिर २०८१

क्यालिफोर्निया । एप्पलले अनौठो खालको सेक्युरिटी क्यामराको प्याटेन्ट प्राप्त गरेको छ । यो क्यामराको विशेषता यही छ कि यसले अनुहार मात्रै होइन शारीरिक विशेषताहरू (जस्तै छाती, पोसाक आदि)का आधारमा पनि व्यक्तिको पहिचान गर्न सक्छ । यो पेटेन्ट अमेरिकी पेटेन्ट र ट्रेडमार्क कार्यालय (यूएसपीटीओ)ले दिएको हो । यो सेक्युरिटी क्यामेरा प्रणाली अनुहार पहिचानमा मात्र सीमित नभएर शरीरका विशेषताहरू जस्तै लुगा वा शरीरका अङ्गहरूका आधारमा पनि व्यक्ति पहिचान गर्न सक्ने बताइएको छ ।

यो प्रणालीमा व्यक्तिको अनुहार मात्र नभई तिनीहरूको शरीरको बनावट जस्तै छाती वा पहिरन आदि पनि चिन्न सक्ने क्षमता भएको बताइएको छ । क्यामेराले व्यक्तिको अनुहार देख्न सकेन भने पनि ‘बडी प्रिन्ट’बाट पनि उसको पहिचान गर्न सक्नेछ । क्यामेरा प्रणालीले नियमित रूपमा घरमा आउने जाने मानिसहरूका तस्बिरहरू अस्थायी रूपमा भण्डारण गर्छ र गहिरो सिकाइ मोडेल प्रयोग गरेर तिनीहरूको शारीरिक विशेषताहरूको विश्लेषण गर्दछ ।

प्रणालीले कुनै एक व्यक्तिको  पहिचान गर्‍यो भने यसले घर भित्र प्रयोगकर्तालाई सूचना पठाउँछ । प्रयोगकर्ताले आईफोन, आईप्याड वा एप्पल टिभीमा क्यामेराको लाइभ फिड हेर्न सक्छन् । एप्पलको यो पेटेन्ट स्मार्ट होम फिल्डमा ठूलो फड्को हो । अनुहार र बडी प्रिन्ट चिन्न सक्ने यो प्रविधिले स्माटै होम सेक्युरिटीलाई नयाँ दिशा दिन सक्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?