शनिबार, २२ मङ्सिर २०८१
ताजा लोकप्रिय

इन्डोनेसियामा पहिरोमा परेर मर्नेको संख्या २७ पुग्यो

शुक्रबार, १४ मङ्सिर २०८१, १२ : १०
शुक्रबार, १४ मङ्सिर २०८१

जर्कार्ता । इन्डोनेसियामा मुसलधारे वर्षाका कारण गएको बाढी र पहिरोमा परेर मर्नेको संख्या २७ जना पुगेको छ । उत्तरी सुमात्रा प्रान्तका विभिन्न ठाउँमा मुसलधारे वर्षाका कारण बाढी र पहिरो गएको छ । 

सप्ताहन्तमा यी बाढी र पहिरोमा परेर कम्तीमा २० जनाको मृत्यु भएको त्यहाँको राष्ट्रिय प्रकोप एजेन्सीको तथ्याङ्कले देखाएको थियो । 

यसैबिच पर्यटकहरू सबार एउटा मिनिबस पहिरोमा पुरिँदा अरू ७ जनाको मृत्यु भएको बताइएको छ । योसँगै मर्नेको संख्या २७ पुगेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?