किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
शनिबार, १५ मङ्सिर २०८१, १७ : ३४
दाङ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङमा युवक पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-१३ सेवार सृजनशील टोल डेरा गरी बस्ने सल्यान दार्मा गाउँपालिका-६ घर भएका २० वर्षीय कमल बुढाथोकीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
कमलले ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी भेट्न बोलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु