पहिलो हाफमै ५ गोल गरेको आर्सनल उक्लियो दोस्रो स्थानमा
आइतबार, १६ मङ्सिर २०८१, ०३ : ०५
काठमाडौं । इंग्लिश प्रियिमर लिग फुटबलमा ५-२ को जबरजस्त जित निकाल्दै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राती वेष्टह्याम युनाइटेडको घरेलु मैदानमा आर्सनलले ५ गोल गरेको हो । घरेलु टोलीले जवाफमा दुई गोल मात्रै फर्काउन सक्यो ।
रोचक त के भने यी सबै गोल दुवैतर्फबाट खेलको पहिलो हाफअघि नै भएका हुन् । १०औं मिनेटमा पहिलो गोल गरेको आर्सनलले ३६ औं मिनेट जाँदा गोल संख्या चार भइसकेको थियो । र, पहिलो हाफको इन्जुरी समयमा एक गोल थप्यो ।
यो जितसँगै आर्सनल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १३ खेल खेल्दा २५ अंक जोडेको आर्सनल अहिलेसम्म २ खेलमा पराजित हुँदा ७ खेलमा विजयी भएको छ भने ४ खेलमा बराबरी गर्दै अंक बाँडेको छ । शीर्ष स्थानको लिभरपुलको १२ खेलबाटै ३१ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो ६ महिनामा गौर भन्सारद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
-
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता
-
ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
-
केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
-
ला लिगामा एटलेटिकोलाई फेरि धक्का
-
लिभरपुल र आर्सनललाई थप अग्रता, नटिङघमको पोष्टमा बर्नमथको गोल वर्षा