मदिरा तस्करको स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरीका सईको मृत्यु

सिरहा । सिरहामा स्कोरपियोको ठक्करबाट एक सशस्त्र प्रहरीका सईको मृत्यु भएको छ । नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट भारतीय सीमानजिकै रहेको बडीयारपट्टी-१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरीका सई ४८ वर्षीय लक्ष्मण प्रसाद यादवको आइतबार बिहान मृत्यु भएको हो ।
भारततर्फ मदिरा तस्करी भइरहेको छ भन्ने सूचनाका आधारमा टोलीले स्कोरपियोलाई आज बिहान ३ बजेतिर चेक गर्ने क्रममा ठक्कर दिएको थियो । ठक्कर दिँदा घाइते सईलाई तत्काल उपचार गराउन रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल लहान लगे पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । सिरहाको नरहा ४ घर रहेका यादव कचनारी–१ वडहरी बेस क्याम्पका कार्यरत थिए ।
सशस्त्र प्रहरी ७ नम्बर गण सिरहाका प्रमुख एसपी नरेश भण्डारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीलाई देखेर भाग्ने क्रममा स्कोरपियोले यादवलाई ठक्कर दिएर भागेको भन्ने सूचना प्राप्त भएको जनाए । स्कोरपियोले मदिरा बोकेको भन्ने सूचना आए पनि स्कोरपियो भने हालसम्म फेला नपरेको उनको भनाई छ ।
पछिल्ला दिनहरूमा सीमा क्षेत्रबाट भारत लान तयार गरिएका मदिराहरू बरामद भइरहेका छन् ।
-रामभरोसी यादवबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा मेडिकल सञ्चालक नै लागुऔषध कारोबारमा
-
नारद लुइँटेल नेप्सेको सीईओ नियुक्त
-
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त
-
प्रधानमन्त्री ओली चैत १९ गते थाइल्याण्ड जाने
-
टीआरसी टुंग्याउन सर्च कमिटी गठन गर्ने मन्त्रिपरिषद्को निर्णय
-
मैदानमा हृदयाघात भएका बंगलादेशका पूर्वकप्तानको अवस्था कस्तो छ ?