जिसस कैलाली प्रमुखमा निर्वाचित भुलले लिइन् शपथ
आइतबार, १६ मङ्सिर २०८१, १५ : ०३

धनगढी । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित भएकी कांग्रेसकी टीकाकुमारी चौधरी भुलले शपथ लिएकी छिन् । प्रमुख निर्वाचन अधिकृत समेत रहेका कैलाली जिल्ला अदालतका न्यायाधीश डण्डापाणी लामिछानेले जिसस प्रमुख भुललाई आज शपथ ग्रहण गराएका हुन् । आजै निर्वाचित भएको प्रमाणपत्र पाएकी उनले पदभार समेत ग्रहण गरेकी छन् ।
नागरिक उन्मुक्ति पार्टीकी रुपमती डँगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि भुल समन्वय प्रमुखमा निर्विरोध निर्वाचित भएकी थिइन् । नेपाली कांग्रेसबाट जिसस कैलालीको प्रमुखमा विजयी भएका पदमबहादुर कलेलको २०७९ पुस २३ गते निधन भएपछि सो पदमा उपनिर्वाचन भएको हो ।
शपथ ग्रहण कार्यक्रममा जिसस कैलालीका पदाधिकारी, कैलाली गाउँपालिका अध्यक्ष राजसमझ चौधरीलगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई अनुदानमा स्याउको बिरुवा वितरण
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड, १८ जनाको मृत्यु
-
सरकारको पुगेन क्षमता, अझै २२ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी
-
पदमार्ग नहुँदा डोरीमा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता