११ वटा वडाको अन्तिम मतपरिणाम घोषणा, कहाँ को विजयी ?

काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तरगत जारी मतगणनाअनुसार आइतबार राति साढे ११ बजेसम्म ११ वटा वडाको अन्तिम मत परिणाम घोमषणा भएको छ । जसअनुसार नेपाली कांग्रेसले ६, एमालेले ३ तथा माओवादी केन्द्र र नेमकिपाले १–१ वटा वडा जितेका छन् ।
निर्वाचन आयोगका अनुसार कालीकोटको तिलागुफा नगरपालिका–४ मा नेमकिपाका खड्गराज शाही विजयी भएका छन् । यसैगरी ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा एमालेका गंगाबहादुर तामाङ, रौतहटको इशनाथ गाउँपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक, महोत्तहरीको रामगोपालपुर नगरपालिका–२ मा एमालेका ककिवल खाँ निर्वाचत भएका छन् ।
यसैगरी गोरखाको गोरखा नगरपालिका–५ मा माओवादी केन्द्रका विष्णु बहादुर मगर, रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा कांग्रेसका मोतीराम खत्री, दैलेखको दुल्लु नगरपालिका–१३ मा एमालेका लालबहादुर शाही, जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह, डोटीको पूर्वीचौकी गाउँपालिका ६ मा कांग्रेसका मोहन थापा र दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा कांग्रेसकै धनसिंह कुँवर निर्वाचित भएका छन् । यसैगरी रुकुम पूर्वको पुथा उत्तरगंगा २ मा माओवादीका जगत धर्ती यसअघि नै निर्वाचित भएका थिए ।
अन्य अधिकांश वडाहरुका साथै स्थानीय तहमा समेत मतगणना जारी रहेका छन् । आइतबार रिक्र रहेका ४१ स्थानीय तहमा उपनिर्वाचन भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशको समृद्धिलाई मूल लक्ष्य बनाएर काम गरिरहेका छौँ : मुख्यमन्त्री शाह
-
जात–जातमा फाट्यो ल्याउने कानुन बनाएर राणाशासकको अत्याचार र प्रजातन्त्रको आधार
-
सानिमा बैंकले गर्यो १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर
-
अवैध आप्रवासीलाई कसरी फिर्ता पठाउँछ अमेरिकाले ? ह्वाइट हाउसले जारी गर्यो भिडियो
-
नेपाल एसबिआई बैंक शैक्षिक सामाग्री वितरण
-
टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवसको रौनक, ३८ तस्बिरमा हेर्नुहोस्