पर्सामा भारतीय नम्बरको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पर्सा । पर्सामा भारतीय नम्बरको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार राती साढे ९ बजे भारतीय नम्बरको गाडीको ठक्करबाट घटनास्थलमै एक युवकको मृत्यु भएको पर्सा प्रहरीले जनाएको हो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर- १३ सरिसवापुलमा दुईवटा भारतीय नम्बरको गाडीले ठक्कर दिँदा भएको मोटरसाइकल चालक जटाशंकर पटेलको मृत्यु भएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । प्रदेश २ -०३-००४ प ५५१४ नम्बरको मोटरसाइकलमा सवार पटेल बहुदरमाइ नगरपालिका वडा नम्बर -९ निवासी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी प्रवक्ता लम्सालका अनुसार राती ड्राइपोर्टतर्फबाट दुईवटा भारतीय गाडी आइरहेको थियो, त्यसैमध्ये एउटा गाडीको ठक्करबाट पटेलको मृत्यु भएको हो ।
अहिलेसम्म कुन गाडीको ठक्करबाट उनको मृत्यु भएको हो ? त्यो यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
तर ती दुईवटै गाडीसहित एउटा चालकलाई समेत नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनायो । प्रहरीले ठक्कर दिएको आशङ्कामा एउटा ट्रक र एउटा ट्याङ्कर नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्
-
एनआरएनएको विदेशका शाखामा निर्वाचन गराउन घलेले तोके कुँवरलाई कमाण्डर
-
१० बजे १० समाचार : केआईआईटी प्रकरणमा कूटनीतिक पहल जारी, ज्ञानेन्द्र शाहको सन्देशले राजावादी उत्साहित