रिलायन्स स्पिनिङ मिलले पाएन अन्तरिम आदेश, प्राधिकरणलाई बत्ती काट्ने बाटो खुल्यो
सोमबार, १७ मङ्सिर २०८१, १४ : ०७

काठमाडौँ । सुनसरी जिल्ला अदालतले रिलायन्स स्पिनिङ मिललाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
डेडिकेटड तथा ट्रंक लाइनको महसुल नतिरेको मिलले नेपाल विद्युत् प्राधिकरणविरुद्ध असोज ५ गते रिट दर्ता गरेको थियो । ६ गते अदालतले बत्ती नकाट्न अन्तरकालीन अन्तरिक आदेश दिँदै दुवै पक्षलाई बोलाएको थियो ।
त्यसपछि मंसिर १६ गते अदालतले उक्त मुद्दाको पेसी चढायो । न्यायाधीश प्रकाश रावतको इजलासले मिललाई अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यससँगै अब नेपाल विद्युत् प्राधिकरणले रिलायन्स स्पिनिङको बत्ती काट्न सक्ने भएको छ ।
यसअघि कार्तिक ८ गते ३४ उद्योगको लाइन काट्दा अन्तरिम आदेशका कारण प्राधिकरणले रिलायन्सको लाइन काट्न सकेको थिएन । प्राधिकरणका अनुुसार रिलायन्स स्पिनिङ मिलले डेडिकेटेड तथा ट्रंक लाइनको महसुलवापत ७५ करोड ३६ लाख ८४ हजार ३३५ रुपैयाँ बक्यौता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवाद हाम्रै पालामा सम्भव छ : प्रचण्ड
-
‘आईसीसी नकआउट ट्रफी’ को नामबाट आयोजना भएको पहिलो संस्करण
-
फाइनल खेलमा क्याच लिने दर्शक ललितले जिते एक लाख पुरस्कार
-
विवाहमा झगडा हुँदा किशोरको हत्या
-
सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक सर्वसम्मतिले पारित
-
क्षतिग्रस्त बीपी राजमार्ग : स्रोत सुनिश्चित गर्दै सरकार