स्थानीय तह उपनिर्वाचन
उदयपुरको बेलका ९ मा जुटेन सहमति, मतगणना अनिश्चित
सोमबार, १७ मङ्सिर २०८१, १५ : ४५

काठमाडौँ । राजनीतिक दलका प्रतिनिधिबिचको विवादका कारण रोकिएको उदयपुरको बेलका नगरपालिका वडा नं ९ को मतगणना अझै सुरु हुने सकेको छैन ।
गएराति ५ सय मत गनिसकेपछि सदर–बदर मतबारे दलहरूबिच विवाद भएको थियो । विवादपछि गणना स्थगित गरिएको निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताले जानकारी दिए । सोमबार बसेको सर्वदलीय बैठकमा पनि सहमति नजुटेपछि निर्वाचन आयोगको निर्देशन कुरिरहेको अधिकृत गुप्ताले जानकारी दिए ।
‘सहमति नजुटेपछि अव आयोगको निर्देशन जे हुन्छ सोही अनुसार अघि बढ्छौ’, गुप्ताले रातोपाटीसँग भने ।
दलका प्रतिनिधिहरूका अनुसार ५ सय मत गन्दा झण्डै सय मत बदर भएपछि विवाद भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड, १८ जनाको मृत्यु
-
सरकारको पुगेन क्षमता, अझै २२ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी
-
पदमार्ग नहुँदा डोरीमा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता
-
महिलालाई आयआर्जनसँग जोड्न मौरीघार उपहार
-
खानेपानी समस्या, खोलाकै पानी पिउँछन् स्थानीय
-
देशभर पश्चिमी वायुको प्रभाव, यी चार प्रदेशमा हिमपातको सम्भावना