दोलखाको गौरिशंकरमा मतगणना : माओवादी केन्द्रको अग्रता कायमै
सोमबार, १७ मङ्सिर २०८१, १५ : ५९

चरिकोट । दोलखाको गौरिशंकर गाउँपालिकाको मतगणनाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । सो गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ को मतगणना गर्दा माओवादी केन्द्रकी निमलेकी शेर्पाले १३८४ मत प्राप्त गरी अग्रता लिइरहेकी छन् भने नेकपा एमालका उम्मेदवार उमा लुङ्गेली मगरशेर्पाले १०१२ मत प्राप्त गरेकी छन् ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार पासदिकी तामाङ ७९३ मत ल्याएर तेश्रो स्थानमा रहेकी छन् । सो गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका ७ र स्वतन्त्रका ९ गरि १६ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । कुल १५ हजार ७१८ मतदाता रहेको उक्त गाउँपालिकामा आइतबार सम्पन्न मतदानमा ७ हजार ५९० मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड, १८ जनाको मृत्यु
-
सरकारको पुगेन क्षमता, अझै २२ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी
-
पदमार्ग नहुँदा डोरीमा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता
-
महिलालाई आयआर्जनसँग जोड्न मौरीघार उपहार
-
खानेपानी समस्या, खोलाकै पानी पिउँछन् स्थानीय
-
देशभर पश्चिमी वायुको प्रभाव, यी चार प्रदेशमा हिमपातको सम्भावना