रास्वपाले भन्यो– मतदाताहरूमा वितृष्णा तथा निराशा देखियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मतदाताहरूमा वितृष्णा तथा निराशा देखिएको बताएको छ । रास्वपा स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले सोमबार विज्ञप्ति जारी गर्दै नागरिक मताधिकारको अभ्यासमा मतदाताहरूमा वितृष्णा तथा निराशा देखिएको बताएका हुन् ।
लोकतन्त्रको महत्त्वपूर्ण अंगका रूपमा रहेको आवधिक निर्वाचनमा सहभागी हुने औसत मतदाता घट्दो क्रममा रहेको रास्वपाले उल्लेख गरेको छ । रास्वपाले मतदाताहरूलाई मतदानमा सहभागी हुन प्रेरित गर्नका साथै निर्वाचित जनप्रतिनिधिहरुले निभाउनुपर्ने भूमिका र गर्नुपर्ने कार्यसम्पादनका सम्बन्धमा पार्टी सचेत रहेको पनि उल्लेख गरेको छ ।
आइतबार भएको स्थानीय तह उपनिर्वाचनमा रास्वपाका उम्मेदवारलाई मत दिएकोमा मतदाताहरूलाई धन्यवाद दिएको छ ।
यस्तै रास्वपाले स्थानीय तहको निर्वाचनमा सहभागी भएको पहिलो अवसर भएको भन्दै पार्टीका लागि यो नयाँ अनुभव रहेको बताएको छ ।
काठमाडौं महानगरपालिका वडा नं.१६ मा वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठको विजयीले महिला वडाध्यक्ष प्रवेश गराउन सफल भएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशको समृद्धिलाई मूल लक्ष्य बनाएर काम गरिरहेका छौँ : मुख्यमन्त्री शाह
-
जात–जातमा फाटो ल्याउने कानुन बनाएर राणाशासकको अत्याचार र प्रजातन्त्रको आधार
-
सानिमा बैंकले गर्यो १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर
-
अवैध आप्रवासीलाई कसरी फिर्ता पठाउँछ अमेरिकाले ? ह्वाइट हाउसले जारी गर्यो भिडियो
-
नेपाल एसबिआई बैंक शैक्षिक सामाग्री वितरण
-
टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवसको रौनक, ३८ तस्बिरमा हेर्नुहोस्