‘प्रेम गीता’ले थाल्यो काभ्रेबाट छायांकन

काठमाडौँ । फिल्म ‘प्रेम गीता’को छायांकन सुरु भएको छ । राजेन्द्र बस्नेतले निर्देशन गर्न लागेको फिल्मको सोमबारदेखि काभ्रेको पाँचखालबाट छायांकन सुरु भएको हो । बस्नेतले यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुने फिल्ममा सुशील पोखरेल, जाहन्वी बस्नेत, साजिद खान, आशा पौडेल, अर्जुन गुरुङ (भँगेरी डन), दीपक केसी, खुश्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दीपशन लिम्बु, मौसम खड्का र ममता माझीको अभिनय रहनेछ ।
साजिद खान प्रस्तुतकर्ता रहेको फिल्ममा अयाज अलि खान निर्माता छन् । निर्देशक बस्नेतका अनुसार काठमाडौँ र काभ्रे आसपासमा रहेर २५ दिनको समय तालिकामा फिल्म छायांकन हुनेछ ।
विनयराज पौडेल मुख्य सहायक निर्देशक रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन, रामेश्वर हुँमागाईको छायांकन, भरत बस्नेतको संगीत, राजु किराँतको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जाल विधेयकविरुद्ध अनलाइन टिभी पत्रकार संघले आन्दोलन गर्ने
-
विराटनगर नागरिक अभियानद्वारा सामाजिक सञ्जाल विधेयक विरुद्ध प्रदर्शन गर्ने
-
टिकटकरसँगको फोटो राखेर ओलीले हाने प्रचण्डलाई झटारो
-
‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक
-
श्रमिकको न्यूनतम तलब २८ हजार बनाउन माग
-
विपद् व्यवस्थापनमा सरकारको भूमिका खोज्दै बागमतीका सांसद