युद्ध विराम खतरामा, इजरायल र हिजबुल्लाहले गरे एक अर्कालाई आक्रमण

तेल अभिभ । आफ्ना सेनाले लेबनानमा हिजबुल्लाहलाई लक्षित गरेर आक्रमण गरेको इजरायलले भनेको छ । इजरायलले सोमबार साँझ बताएअनुसार हिजबुल्लाहले पनि इजरायली चौकीमा गोली हानेर जवाफी कारबाही गरेको छ । दुवै पक्षले एक अर्कालाई गत हप्ता भएको युद्ध विराम उल्लङ्घन गरेको आरोप लगाइरहेका छन् ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी लेबनानको दुई गाउँमा इजरायली आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । इजरायली रक्षा बल (आईडीएफ)ले लेबनानभरि हिजबुल्लाहको गढहरूमा आक्रमण गरेको बताएको छ । जवाफी कारबाहीमा आफूले इजरायलले कब्जा गरेको इलाकामा रहेको सेनाको चौकीमा गोली प्रहार गरेको हिजबुल्लाहले भनेको छ ।
हिजबुल्लाहको आक्रमण युद्ध विरामको गम्भीर उल्लङ्घन भएको भन्दै इजरायलले कडा प्रतिक्रिया दिने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन् । हिजबुल्लाहले सम्झौताका सर्तहरू उल्लङ्घन गरेमा कारबाही गर्न नहिचकिचाउने युद्ध विराम सम्झौताको घोषणा गर्दा नै नेतान्याहुले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड, १८ जनाको मृत्यु
-
सरकारको पुगेन क्षमता, अझै २२ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी
-
पदमार्ग नहुँदा डोरीमा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता
-
महिलालाई आयआर्जनसँग जोड्न मौरीघार उपहार
-
खानेपानी समस्या, खोलाकै पानी पिउँछन् स्थानीय
-
देशभर पश्चिमी वायुको प्रभाव, यी चार प्रदेशमा हिमपातको सम्भावना