सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो, चाँदीको कति ?
मङ्गलबार, १८ मङ्सिर २०८१, १० : ३९
_Im7zmpILrO.jpg)
मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ३०० रुपैयाँ कायम थियो ।
यसैगरी मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १हजार ८४५ रुपैयाँ कायम भएको हो ।