छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
भोजपुर, हतुवागढी गाउँपालिका-२ धारापानीस्थित सडकमा को.२ त ७२६८ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय एक्सन भुजेलको सोमबार साँझ मृत्यु भएको छ । ट्याक्टरबाट खसेर सोही ट्याक्टरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङ, घोराही उपमहानगरपालिका-१० झारबैरा चोकमा रा.१ ख १२९१ नम्बरको टिपरले रा.७ प ७४६ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका-१९ कुटीचौर बस्ने १९ वर्षीय सुदिप बुढाथोकीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सल्यान, कुमाख गाउँपालिका-६ सेराटोलस्थित सडकमा लु.४ त ६६९४ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही गाउँपालिका-२ नारायण टाकुरा बस्ने ३६ वर्षीय नबिन कामीको गए राति मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली, गौरीगंगा नगरपालिका-८ मसुरियास्थित सडकमा सु.प.प्र.०१-००१ ख ३५२० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-९ रजिया बस्ने नर बहादुर विककी छोरी १३ वर्षीया अमृता विकको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही, तिलोत्तमा नगरपालिका-९ स्थित सडकमा भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु.४२ प ८६२० नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुँदा स्कुटरमा सवार तिलोत्तमा नगरपालिका-३ बस्ने गुल्मी ईश्मा गाउँपालिका-६ रातमाता घर भएका १९ वर्षीय कृष्ण कुमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको नेतृत्वमा पुगेर केही गर्ने चाहना छ : विप्लव
-
सभापति कपमा संकटाको सहज जित
-
यस्तो छ फिल्म ‘जुना’को गीत ‘आमाको मुहार’
-
१६ गायक–गायिकाले गाए स्वर्गीय तारादेवीका गीत
-
कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा गर्ने निर्णय पुनरावलोकन हुने
-
प्राचीन सम्पदाहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी आर्थिक समृद्धिमा जोड्नुपर्छ : मुख्यमन्त्री लामा