बेल्जियममा यौनकर्मीलाई सुत्केरी र बिरामी बिदा

ब्रसेल्स । बेल्जियममा यौनकर्मीहरूले औपचारिक रोजगारीको करार पाउने भएका छन् । यसमा उनीहरूले बिरामी र सुत्केरी बिदा पाउनेछन् ।
आइतबार देखि कार्यान्वयनमा आएको यो नयाँ कानुन अन्तर्गत यौनकर्मीहरूले करारमा हस्ताक्षर गरेर स्वास्थ्य बिमा र बेरोजगारी भत्ता जस्ता सुविधाहरू पनि पाउनेछन् ।
यौनकर्मीहरूलाई अन्य कर्मचारी सरह अधिकार दिन विश्वमै पहिलो विस्तृत कानुनी ढाँचा तयार गरिएको बेल्जियन युनियन अफ सेक्स वर्कर्सका निर्देशक डान बाउवेन्सले सीएनएनलाई बताए ।
औपचारिक रोजगारीको करारमा हस्ताक्षर गरेपछि यौनकर्मीहरूले पनि बेल्जियममा अरू कर्मचारीलाई दिइने हरेक खालको सामाजिक सुरक्षा पाउने यौनकर्मीहरूको अधिकारको वकालत गर्ने समूह इस्पेस पीको पीआर व्यवस्थापक क्वेन्टिन डेल्टूरले बताए ।
यो कानुन अन्तर्गत यौन कर्मीहरूसँग कुनै ग्राहकलाई सेवा दिन्न भन्न वा कुनै यौन कार्य गर्दिनँ भन्ने अधिकार पनि रहनेछ । नयाँ कानुनअन्तर्गत यौनकर्मीहरूले सरकारबाट लाइसेन्स लिनु पर्ने डिटूरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा मुस्ताङको कैह्योलोङ गुफा
-
रातोपाटी ब्रिफिङ : तोप हाने पनि सरकार नढल्ने ओलीको दाबीदेखि गृहमन्त्री संसदमा दिउँसै झुक्किएसम्म
-
बढुवा भएका ७५ जना डीएसपीहरुको पदस्थापन
-
निःशुल्क डायलायसिस सेवाले एउटै अस्पतालबाट दैनिक ६० जना लाभान्वित
-
४८ जना डीएसपीहरुको सरुवा र दरबन्दी मिलान
-
‘युएसएआइडीको सहयोगमार्फत पुस्तक ढुवानी भएको विषयलाई गलत प्रचार गरियो’