सियोले घोचेर उपचार गर्ने विधि

काठमाडौँ । नेपालमा पछिल्लो समय अकुपञ्चर विधिबाट उपचारमा गराउने सङ्ख्या बढ्दै गएको छ । यस उपचार विधिमा चाइनिज मेडिसिनको सिद्धान्त अनुसार शरीरका विभिन्न भागका विन्दुहरू पहिचान गरी सियोले घोचेर उपचार गरिन्छ ।
अकुपञ्चर विशेषज्ञ डा. सुरज कर्माचार्यका शरीरका ३ सयभन्दा बढी बिन्दुमा सियोले घोचेर उपचार गर्न सकिन्छ । त्यसका लागि पछिल्लो पटक एक हजारभन्दा बढी बिन्दु पत्ता लगाई सकिएको छ । ‘यसको पछाडि चाइनिज मेडिसिनको आफ्नै सिद्धान्त छ । त्यो सिद्धान्त अनुसार हाम्रो शरीरमा यस्ता केही बिन्दु पत्ता लगाइएका छन्, जसमा हामीले अकुपञ्चरको नियम अनुसार उपचार गर्न जान्यो भने धेरै किसिमका रोगको उपचार गर्न तथा निको पार्न सकिन्छ,’ उनले रातोपाटीसँग भने ।
डा.कर्माचार्यले सामान्य व्यक्तिले यी विषय नबुझ्ने बताए । डा.कर्माचार्यका अनुसार हाम्रो शरीरमा केही ‘च्यानल्स’ हुन्छन् । चाइनिज मेडिसिनमा ‘मेडिडियन्स’ भनिन्छ । त्यो ‘मेडिडियन्स’ बाट ‘ची’ को ‘इनर्जी’ फ्लो हुन्छ । कतिपय ठाउँमा त्यो ‘ची’ छालामाथि आउँछ भने फेरि भित्र जान्छ । ‘जहाँ–जहाँ त्यो छालाको नजिक आउँछ, त्यो ठाउँलाई ‘अकुपञ्च’ भनिएको छ । त्यो भागमा ‘निडलिङ’ गरेर त्यो ‘ची’को फ्लोलाई रेगुलर गराइन्छ । त्यो रेगुलर गराएर कतै ‘ब्लकेट’ छ, कतै अवरोध छ भने त्यसलाई हटाएर उपचार गरिन्छ’, उनको भनाइ छ ।
यो उपचार विधिप्रति आकर्षण बढिरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्
-
एनआरएनएको विदेशका शाखामा निर्वाचन गराउन घलेले तोके कुँवरलाई कमाण्डर
-
१० बजे १० समाचार : केआईआईटी प्रकरणमा कूटनीतिक पहल जारी, ज्ञानेन्द्र शाहको सन्देशले राजावादी उत्साहित