गाजाबाट इजरायली बन्धक रिहा नभए मध्य पूर्वमा गम्भीर क्षति हुने ट्रम्पको चेतावनी

वासिङटन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पदभार ग्रहण अघि गाजापट्टीमा इजरायली बन्धकहरूलाई रिहा नगरिए मध्य पूर्वमा गम्भीर क्षति हुने चेतावनी दिएका छन् ।
इजरायली आकडाअनुसार गएको वर्ष हमासका आतंककारीहरूले इजरायलबाट २५० जनाभन्दा बढीलाई बन्धक बनाएका थिए । यसरी बन्धक पर्नेमा इजरायली–अमेरिकी नागरिक पनि छन् । अहिले पनि गाजामा सय जना जति इजरायली बन्धकहरू जिउँदो रहेको हुन सक्ने अनुमान गरिएको छ ।
यसैबिच ट्रम्पले विज्ञप्ति जारी गर्दै आगामी जनवरी २० मा आफूले पदभार ग्रहण गर्नुअघि बाँकी बन्दीहरूलाई रिहा गरिएन भने मध्य पूर्वमा विध्वंस मच्चिने चेतावनी दिएका हुन् । मानवताविरुद्ध यो अत्याचार गर्ने विरुद्ध कडा कारबाही गरिने पनि उनले बताएका छन् । ‘सही समयमा एक्सन लिइएन भने अमेरिकाले यस्तो सजाय दिनेछ जुन अहिलेसम्म कसैलाई पनि दिइएको छैन,’ ट्रम्पले भनेका छन् ।
हमासले भने बन्धकहरू रिहाइको बदलामा युद्ध अन्त्य गर्न र इजरायली सेना पूरै फिर्ता जानुपर्ने माग राखेको छ । तर इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले भने हमासलाई पूरै नष्ट नगर्दासम्म युद्ध जारी रहने भनिरहेका छन् । पछिल्लो समय बन्धकहरूको रिहाइलाई लिएर इजरायलमा नेतन्याहुविरुद्ध विरोधका स्वर उठिरहेका छन् ।
यसैबिच सोमबार हमासले गाजामा ३३ जना बन्धकहरूको मृत्यु भएको बताएको थियो । तर मृत्यु हुनेहरूको राष्ट्रियता भने खुलाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद बलायरको प्रश्न: सुदूरपश्चिम प्रदेशले राजधानी कहिले पाउँछ ?
-
सरकार नियमावलीको आधारमा कानुन बनाएर भ्रष्टाचार गर्न तयार छ : सांसद लामा
-
सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य छैन : सांसद श्रेष्ठ
-
दक्षिण अफ्रिकाका ब्याटरले डेब्यू खेलमा नै बनाए विश्व कीर्तिमान
-
ब्रेकअप पछि एक्लै बसेर खुबै रुन्छन् सलमान खान ?
-
खेलकुदमन्त्री चौधरीलाई सांसदको प्रश्न : ०४७ सालको संविधान कार्यान्वयन हो कि, संशोधन भइसक्यो ?