चिनियाँ उपप्रधानमन्त्री र झलनाथ खनालबिच छलफल

काठमाडौँ । साताव्यापी चीन भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चिनियाँ उपप्रधानमन्त्री दिङ छुएस्याङसँग भेटवार्ता गरेका छन् ।
बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भएको छलफल तथा भेटवार्ताका क्रममा व्यापक सुधार र खुला समाजवादी आधुनिकरणका सन्दर्भमा छलफल भएको बताइएको छ ।
छलफलमा नेपाल, पाकिस्तान, इजिप्ट, बेल्जियम, अष्ट्रेलिया लगायत देशका पूर्वप्रधानमन्त्री साथै इथियोपियाका पूर्वराष्ट्रपति र विभिन्न मुलुकका वरिष्ठ राजनीतिक नेताहरू सहभागी रहेका थिए । छलफलमा पूर्वप्रधानमन्त्री खनालले उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्सँग बेल्ट एन रोड इनिसिएटिभ (विआरआई)को सिलसिलामा अगाडि सारिएको नेपाल र चीनबिच रेलवे निर्माणसहितको ट्रान्स हिमालयन कनेक्टिभिटी निर्माण गर्ने सन्दर्भमा महत्वपूर्ण छलफल गरेको खनालको निजी सचिवालयले जनाएको छ ।
करिब तीन घण्टाको भएको सामूहिक छलफलका क्रममा उपप्रधानमन्त्री छुएस्याङले चीनमा समाजवादी व्यवस्थाभित्र सुधारको प्रक्रिया ४६ वर्षमा सुधारको प्रक्रियाबारे प्रकाश पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफ्रिकन स्वाइन फिभरले भटाभट बङ्गुर मरेपछि ओसारपसारमा रोक
-
रातोपाटी ब्रिफिङ : ६ महिनाको अवधिमा सरकारको काम जम्मा ४.२ प्रतिशतदेखि यूएईले पाँच हजार नेपाली घरेलु कामदार लैजानेसम्म
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्