एनआरएनएको विवादसम्बन्धी मुद्दामा ‘अन्य’ आदेश
मङ्गलबार, १८ मङ्सिर २०८१, १६ : ३८

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आधिकारिक विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ‘अन्य’ आदेश दिएको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मंगलबार अन्तरिम आदेशका लागि मुद्दालाई प्राथमिकतामा राखेर अघि बढाउने गरी अन्य आदेश दिएको हो ।
एनआरएनएमा बद्री केसीले अदालतलाई नै गुमराहमा राख्ने काम गरेको तथा उनी आधिकारिक नै हुन नसक्ने जिकिर गर्दै नयाँ कार्यसमितिका अध्यक्ष आरके शर्मालगायतले गत कात्तिक ८ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
केसीसहित परराष्ट्र मन्त्रालय, गैर आवासीय नेपाली संघको कार्यालय , संरक्षक शेष घलेलगायतलाई विपक्षी बनाएर दायर भएको उक्त रिटमा सर्वोच्चले यसअघि कारण देखाऊ आदेश जारी गरेपनि मुद्दाको टुङ्गो भने हालसम्म लाग्न नसकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा मुस्ताङको कैह्योलोङ गुफा
-
रातोपाटी ब्रिफिङ : तोप हाने पनि सरकार नढल्ने ओलीको दाबीदेखि गृहमन्त्री संसदमा दिउँसै झुक्किएसम्म
-
बढुवा भएका ७५ जना डीएसपीहरुको पदस्थापन
-
निःशुल्क डायलायसिस सेवाले एउटै अस्पतालबाट दैनिक ६० जना लाभान्वित
-
४८ जना डीएसपीहरुको सरुवा र दरबन्दी मिलान
-
‘युएसएआइडीको सहयोगमार्फत पुस्तक ढुवानी भएको विषयलाई गलत प्रचार गरियो’