कर्णाली याक्सबाट एनपीएल खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम नेपालमा
मङ्गलबार, १८ मङ्सिर २०८१, २१ : ३८

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टोलीमध्ये एक कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टो नेपाल आएका छन् । उनलाई कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र कन्सलटेन्ट कोच राजु बस्नेतले स्वागत गरेका थिए ।
३१ वर्षीय विलियमले प्रथम श्रेणी, लिस्ट ‘ए’ र टी–२० प्रतियोगिता खेलेका छन् । उनले अस्ट्रेलियाको यू-१९ टोलीबाट पनि लामो समय क्रिकेट खेलेका थिए । उनले प्रथम श्रेणीको क्रिकेटमा २८ खेल खेल्दै कुल एक हजार एक सय चार रन बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा मुस्ताङको कैह्योलोङ गुफा
-
रातोपाटी ब्रिफिङ : तोप हाने पनि सरकार नढल्ने ओलीको दाबीदेखि गृहमन्त्री संसदमा दिउँसै झुक्किएसम्म
-
बढुवा भएका ७५ जना डीएसपीहरुको पदस्थापन
-
निःशुल्क डायलायसिस सेवाले एउटै अस्पतालबाट दैनिक ६० जना लाभान्वित
-
४८ जना डीएसपीहरुको सरुवा र दरबन्दी मिलान
-
‘युएसएआइडीको सहयोगमार्फत पुस्तक ढुवानी भएको विषयलाई गलत प्रचार गरियो’