विशेषज्ञ अभावमा मुटुपरीक्षण उपकरण उपयोगविहीन

बागमती । हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा मुटुरोगीको जाँचका लागि ल्याइएको उपकरण विगत डेढ वर्षदेखि थन्किएको छ । उपकरण प्रयोगविहीन हुँदा बिरामी अन्यत्र जानुपर्ने बाध्यता छ ।
बिरामीको चापलाई दृष्टिगत गरी मकवानपुर रोटरी क्लबले हेटौँडा उपमहानगरपालिकासँगको साझेदारीमा रु एक करोड मूल्य बराबरको मुटुपरीक्षण उपकरण अस्पताललाई उपलब्ध गराएको थियो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाका अनुसार उपकरण अस्पतालाई हस्तान्तरण भए पनि विशेषज्ञ नहुँदा उपकरण थन्किएका छन् । सुपरिटेन्डेन्ट डा सापकोटाले भने, “हामीले मुटुरोग विशेषज्ञका लागि विज्ञापन खुलायौँ, त्यसमा एक जनाले मात्र आवेदन भर्नुभयो । तर, उहाँलाई प्रदेश कार्यविधिले नियुक्त दिन मिलेन।”
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबीच केही दिनअघि जनशक्ति व्यवस्थापनसम्बन्धी सम्झौता भएकाले शीघ्र समस्या समाधान हुने उनको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद विकास संशोधन विधेयक प्रमाणीकरण
-
प्रदेशको समृद्धिलाई मूल लक्ष्य बनाएर काम गरिरहेका छौँ : मुख्यमन्त्री शाह
-
जात–जातमा फाटो ल्याउने कानुन बनाएर राणाशासकको अत्याचार र प्रजातन्त्रको आधार
-
सानिमा बैंकले गर्यो १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर
-
अवैध आप्रवासीलाई कसरी फिर्ता पठाउँछ अमेरिकाले ? ह्वाइट हाउसले जारी गर्यो भिडियो
-
नेपाल एसबिआई बैंक शैक्षिक सामाग्री वितरण