माओवादी केन्द्रको अन्तरमहादेशीय समितिद्वारा बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय सङ्गठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ । अन्तरमहादेशीय सङ्गठन समितिअन्तर्गत युरोप र अष्ट्रेलिया शाखाले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो।
प्रवास प्रदेश कार्यालयका मुख्य सचिव टिबी पाठक, जनप्रगतिशील मञ्च युरोपका कोषाध्यक्ष डोलराज भण्डारी र जनप्रगतिशील मञ्च अस्ट्रेलियाका अध्यक्ष दीपक पाण्डेले चेक हस्तान्तरण गरेका थिए ।
चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि युरोप र अस्ट्रेलियाका शाखा समितिलाई धन्यवाद दिए । नेपालमा पटकपटक आउने विपतपछि उद्धार, राहत र पुनर्स्थापनामा माओवादीले नै पहलकदमी लिने गरेको उल्लेख गर्दै उनले यसपटक पनि बेलैमा पहलकदमी लिएर संकट व्यवस्थापनको नेतृत्व गरेको बताए ।
विगतमा टुटफुटलगायत विभिन्न कारणले कमजोर बन्न पुगेको माओवादी आन्दोलनमा पुनः जागरण सुरु भएको उल्लेख गर्दै उनले अहिले लाखौं युवाहरु प्रवासमा रहेकाले उनीहरुलाई सङ्गठित गर्दै देशभित्रै फर्केर केही गर्नसक्ने वातावरणको सिर्जना गर्न पार्टीका प्रवास समितिहरू लाग्नुपर्ने बताए ।
देश सधैँ एउटै अवस्थामा नरहने र बिस्तारै युवाहरु बिदेसिनुपर्ने बाध्यता कम हुँदै जाने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डामा निरन्तर अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन विनाकुनै शंका वार्तामा आउने रुसी दावीविरुद्ध जेलेन्स्कीको कडा प्रतिक्रिया, रिसाए नेटो महासचिव
-
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमै दोस्रो
-
विदेश भ्रमणमै रहेका बेला फेरि श्रममन्त्री भण्डारीको पद धरापमा !
-
१२ बजे, १२ समाचार : भूमिसम्बन्धी अध्यादेशले सरकार नैतिक संकटमादेखि ड्युटीमा रहेका प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउसम्म
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै