बीआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई) बाट नेपालले लाभ लिने बताएका छन् ।
यहाँस्थित पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बीआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले आगामी सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भइ पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताए ।
प्रधानमन्त्री ओलीले पेकिङजस्तो पुरानो विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा पनि योगदान दिन सक्ने बताए । प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयका अध्यक्ष प्रा गोङ छिहुङले स्वागत गरेका थिए। कार्यक्रममा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका अन्य सदस्यको पनि सहभागिता थियो ।
प्रधानमन्त्री ओलीले आजै उद्यमी– व्यवसायीहरूको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हडताली हाट, जहाँबाट सुरु भयो हडताल
-
मलेसियाको जनसंख्या ३४.२ मिलियन पुग्यो
-
फागुन ८ देखि भृकुटीमण्डपमा १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने
-
युद्धविराम भए बेलायती सेना युक्रेन जान तयार
-
सुनको मूल्य तोलामा ११०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
पाकिस्तान : यात्रुवाहक बसका ७ जनाको गोली हानी हत्या