फर्किए कमेडियन सुनिल पाल

नयाँ दिल्ली । मंगलबार अबेर रात चर्चित हास्य कलाकार सुनिल पाल बेपत्ता भएको खबर आयो । डिसेम्बर १ मा घरबाट निस्किएका उनी नफर्केको भनिएको थियो । पालकी श्रीमती श्रीमानलाई खोजिदिन भन्दै प्रहरी चौकी पुगेकी थिइन् ।
अहिले फेरि सुनिल ठिक भएको र दिल्लीबाट मुम्बई फर्किने खबरहरु आइरहेका छन् । सुनीलकी श्रीमती सरिता पालले आफू प्रहरी चौकीमा रहेको र अहिले नै धेरै कुरा बताउन नसक्ने भनेको भन्दै दैनिक भास्करले समाचार छापेको छ ।
सुनिलले एक जना प्रहरीसँग कुरा गरेको अनि उनी फर्किन थालेको म्यासेज दिएको पनि उनले बताएकी थिइन् । यसबारे सबै जानकारी बुधबार पत्रकार सम्मेलनमार्फत दिइने पनि उनले भनेकी थिइन् ।
उनलाई कसैले फसाएका हुन् कि होइनन् भन्ने कुरा पनि पत्रकार सम्मेलनमै खुलाइने सरिताले बताएकी छन् । सुनील पाल ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ र ‘द ग्रेट इन्डियन कमेडी शो’ जस्ता शोहरूमा देखा परेका छन् ।
उनी द ग्रेट इन्डियन लाफ्टर च्यालेन्जको पहिलो सिजनका विजेता थिए । यस बाहेक उनले बम्बे टु गोवा, फिर हेरा फेरी, हम तुम र किक जस्ता चर्चित फिल्ममा काम गरिसकेका छन् । सुनिलले ‘भावनाओ को समझो’ फिल्मको निर्माण, निर्देशन र लेखन पनि गरेका थिए ।
यो फिल्ममा ५१ जना कमेडियनहरूले काम गरेका थिए । यही कारणले फिल्मको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ ।
सुनिल पाल अन्तिम पटक २०१८ को फिल्म ‘तेरी भाभी है पगले’ मा देखिएका थिए । हिन्दी फिल्मका अलावा उनले मराठी फिल्म सासु चा स्वयंवरमा पनि काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली जलविद्युत् प्रभावितलाई सामाजिक उत्तरदायित्वको १७ करोड
-
रुसी राष्ट्रपति पुटिनसँग फोन वार्तापछि युक्रेन युद्धबारे के भने ट्रम्पले ?
-
नगरको नारा, ‘एक घर एक धारा’
-
रातोपाटी ब्रिफिङ : राजीनामा बुझाएका व्यक्ति एआईजी बढुवादेखि मेलम्चीको पाइप फुटेपछि काठमाडौं जिल्ला अदालतका फाँटमा क्षतिसम्म
-
कोशी प्रदेशका ७ वटा स्थानीय तहले दिए सार्वजनिक बिदा
-
जनयुद्ध दिवसको पूर्व सन्ध्यामा वाइसिएलद्वारा पेरिसडाँडामा दीप प्रज्वलन