भुटानी राजाको भारत भ्रमण, नेपाल ट्रान्जिट

काठमाडौँ । भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक शुक्रबार* नेपाल आउन लागेका छन् । तर उनी नेपाल भ्रमणमा नभएर भारत भ्रमणका बेला ट्रान्जिटका लागि करिब चार-पाँच घण्टा नेपालमा रहने बताइएको हो ।
भुटानी राजा नेपाल आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ । यद्यपि उनी नेपालमा रहे पनि कसैसँग औपचारिक भेटघाटको कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘भुटानका नरेश नेपाल आउँदै हुनुहुन्छ भन्ने हाम्रो जानकारीमा छ तर नेपाल उहाँको ट्रान्जिट भएको कारण हालसम्म कुनै पनि औपचारिक भेटघाटको कार्यक्रम राखिएको छैन ।’
नेपालका प्रधानमन्त्री केपी शर्मा अोली चीन भ्रमणमा रहेको बेला भुटानी राजा भारत भ्रमणमा गइरहेका छन् । यो विषयलाई धेरैले चासोको रूपमा लिएका छन् ।
चीन र भुटानबिच सीमा विवाद रहेको छ । सो विवादमा भारतमा जोडिएको छ । सोही सीमा विवादको विषयमा कुराकानी गर्नका लागि भुटानी राजा जिग्मे भारत भ्रमणमा जान लागेको बताइएको छ ।
भुटानी राजा जिग्मेको भ्रमणबारे भारतको विदेश मन्त्रालयले औपचारिक घोषणा गरिसकेको छ । भटानी राजा जिग्मे र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिच भेटवार्ता हुने तय भइसकेको छ । उनले त्यहाँका विदेश मन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।
यसअघि नै भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले भारतको भ्रमण गरेका थिए । उनीभन्दा पहिले भारतमा रहेका चिनियाँ राजदूत सु फेइहोङले पनि भुटानको भ्रमण गरेका थिए ।
यता, पूर्व राजा ज्ञानेन्द्र शाहले गत असोजमा भुटानको भ्रमण गरेका थिए । भ्रमणको क्रममा भुटानले ज्ञानेन्द्रलाई राजकीय सम्मान दिएको थियो ।
*सच्याइएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्
-
एनआरएनएको विदेशका शाखामा निर्वाचन गराउन घलेले तोके कुँवरलाई कमाण्डर
-
१० बजे १० समाचार : केआईआईटी प्रकरणमा कूटनीतिक पहल जारी, ज्ञानेन्द्र शाहको सन्देशले राजावादी उत्साहित