अध्यक्ष प्रचण्डलाई गणतन्त्र नायक सम्मान

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं जनयुद्धका सर्वोच्च कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको छ । बुधबार गणतन्त्र सेनानी कोषले उनलाई सो सम्मान गरेको हो ।
देशबाट सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दश वर्षे जनयुद्धको पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचन हुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण र गणतान्त्रिक सरकारको नेतृत्व गर्दै मुलुकलाई यहाँसम्म ल्याइपुर्याउन कुशल नेतृत्व गरेकोमा गणतन्त्र नायकको सम्मान प्रदान गरिएको कोषले जनाएको छ ।
कोषले यो वर्षदेखि गणतन्त्र स्थापनाका लागि योगदान गर्ने सेनानीहरूलाई गणतन्त्र सेनानी सम्मान प्रदान गर्न सुरु गरेको हो । कोषले जनमुक्ति सेनाका डेपुटी कमाण्डरहरु नन्दकिशोर पुन पासाङ, वर्षमान पुन अनन्त, जनार्दन शर्मा प्रभाकर र चक्रपाणि खनाल बलदेवलाई गणतन्त्र सेनानी सम्मान प्रदान गरेको छ ।
कोषले बागमतीका १३ जिल्लाबाट एक–एक जना र संस्कृतिकर्मीलाई पनि सम्मान गरेको छ । बागमतीबाट सुरु गरिएको गणतन्त्र सेनानी सम्मानलाई देशव्यापी बनाउँदै लैजाने कोषका अध्यक्ष सरल सहयात्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेश अस्वीकार गर्ने लोसपाको निर्णयप्रति कांग्रेस एमाले असन्तुष्ट
-
रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन
-
पाइप फुटेर पानीले क्षति गरेको बबरमहलको सडक मर्मतका लागि प्राधिकरणलाई पत्राचार
-
नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि एन्फाद्वारा अन्तिम टोलीको घोषणा
-
भारत र पाकिस्तानबिच गोली हानाहान, कम्तीमा चार जनाको मृत्यु